जबराले आफ्नो बचाउ गर्न खोज्नु स्वभाविक : मीन विश्वकर्मा


१६ भाद्र २०७९, बिहीबार
min biswokarma

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोस्रो दिन बयान दिने क्रममा जबराले महाभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

त्यस्तै उनले समितिको असक्षम र पूणर्तः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए । बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए ।

उनले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जबाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पुरा हुने उनको भनाइ छ । छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधेका थिए । बयानका क्रममा जबराले आफ्नो बचाउ गर्न खोज्नु स्वभाविक भएको बताएका छन् ।

त्यस्तै, माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखिन् । संविधानअनुसार नै समिति गठन भएको उनले जानकारी दिइन् । समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७