फेरि घट्यो शेयर बजार, एक अर्ब ३८ करोडको कारोबार


१६ भाद्र २०७९, बिहीबार
share market गिरावट

काठमाडौं । आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०९ अंकले घटेर बन्द भएको छ । १९ सय ७३ अंकबाट कारोबार शुरू भएको बजार घटेर १९ सय ५३ अंकसम्ममा पुगेको थियो । तर, ११ बजेबाट कारोबार शुरू भएको नेप्से २ बजेदेखि भने उकालो लाग्न थालेको थियो ।

अन्तिम समयमा ८ अंकसम्मको वृद्धि देखिएको नेप्से पुनः ओरालो लाग्दै १९७२ अंकमा आएर रोकिएको हो । यसक्रममा आज १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको ३९ लाख ५५ हजर कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सामान्य अंकको गिरावट आए पनि ७ समूहमा भने सुधार देखिएको छ ।

आज निर्जीवन बीमा समूह ६२ अंकले र जीवन बीमा समूह ५४ अंकले बढेको छ । यस्तै, होटल र टुरिजम समूह २४ अंकले बढ्दा वित्त समूह २१ अंकले बढेको छ । यस्तै, जलविद्युत समूहमा १० अंकको र विकास बैंक समूहमा ७ अंकको सुधार आएको छ ।

बजारमा सामान्य गिरावट आएपनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटरतर्फको सेयर १० प्रतिशतले बढेको छ । प्रतिकित्ता २५ रुपैयाँले बढ्दै कम्पनीको प्रमोटर सेयर २७९ रुपैयाँमा पुगेको हो । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा पनि गिरावट आएको छ । आज सेन्सेटिभ परिसूचक ०.६६ अंकले घटेर ३८३ अंकमा आइपुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७