सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक


१६ भाद्र २०७९, बिहीबार
city

काठमाडौं, १६ भाद्र  । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, ‘दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ।

कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार उक्त अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन्।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने समेत कम्पनीले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७