एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमालेमै फर्किए


१६ भाद्र २०७९, बिहीबार
ganesh

काठमाडौं । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए ।

शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७