प्रतिनिधिसभाको कार्यकाल : नयाँ संसदको पहिलो बैठक बस्ने अघिल्लो दिनसम्म


१६ भाद्र २०७९, बिहीबार
Samsad 2 1 scaled

काठमाडौं । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विवाद चलिरहेका बेला सरकारले प्रतिनिधिसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक बस्ने अघिल्लो दिनसम्म हुने गरी विधेयकको मस्यौदा तयार गरेको छ ।

सबै दलहरुबीच सहमति भइसकेको यो प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि प्रतिनिधिसभामा लैजाने तयारी गरिएको छ । यसका लागि सरकारले संसदमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । सबै राजनीतिक दलले सहमती जनाएपछि यसलाई अघि बढाइएको हो ।

एमालेका एक नेताले दिएको जानकारी अनुसार राजनीतिक दलका नेताहरुबीच भएको बैठकमा विभिन्न किसिमका प्रस्ताव आएपनि अन्ततः यसको कार्यकाल सिधै नयाँ प्रतिनिधिसभाको पहिलो बैठकको अघिल्लो दिनसम्म राख्ने गरी लगभग सहमति जुटेको छ ।

यही सहमति अनुसार विधेयक मस्यौदा तयार गरिएको छ । यसलाई केही नेपाल ऐन संशोधन मार्फत प्रतिनिधिसभा निर्वाचन ऐनलाई संशोधन गरी विधयेक ल्याउने तयारी गरिएको छ । तर कानुनविदहरुले फरक-फरक धारणा राख्दै आएका छन् ।

कतिले उम्मेदवारी दर्ता गराएको अघिल्लो दिनसम्म, कतिपयले निर्वाचन मिति घोषणा भएको दिनदेखि भनेका छन् भने कतिपयले पहिलो निर्वाचन सम्पन्न भएको भोलिपल्टसम्म कायम रहने धारणा व्यक्त गरिरहेका थिए । कानुनवीद्हरुले विभिन्न किसिमका तर्क र धारणा प्रस्तुत गरिरहँदा राजनीतिक दलका नेताहरुले आफ्नो अनुकूल व्याख्या गरी संसदको आयु लम्ब्याएर संसदको लोगो लगाएर निर्वाचनमा जाने तयारी गरिरहेका छन् ।

प्रदेशसभाको हकमा पनि यही व्यवस्था सिफारिस गरिएको छ । मन्त्रीपरिषदको विधायन समितिमा छलफलमा रहेको विधेयक पहिले मन्त्रीपरिषद लैजाने र त्यसपछि प्रतिनिधिसभाबाट पास गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७