करिश्मा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्य


१६ भाद्र २०७९, बिहीबार
karishma manandhar and KP oli

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्यमा मनोनीत भएकी छिन् । गत ११ भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकले मानन्धरलाई विभागको सदस्य मनोनीत गरेको हो ।

पार्टी अध्यक्ष केपी ओलीले पछिल्लो पटक जारी गरेको अन्तरपार्टी निर्देशन-५ मा मानन्धरलाई विभाग सदस्य मनोनीत गरिएको उल्लेख छ । उनी ०७८ को ८ चैतमा कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेकी थिइन् । त्यसयता मानन्धर एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय हुँदै आएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७