उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार कटवालविरुद्ध भ्रष्टाचार मुद्दा


१६ भाद्र २०७९, बिहीबार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको, विभिन्न शीर्षकका बजेट नक्कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

कटवालले सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृती गरी बिल भरपाई बनाई भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरुसँग अफिसको हिसाबकिताब मिलाउन हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, कीर्ते गरी भ्रमण काजको भुक्तानी लिनेलगायत कार्य गरेको उनीमाथि आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९९५ बिगो कायम गर्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको छ ।

ak

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७