अरिङ्गालले टोकेर बालिकाको मृत्यु


१६ भाद्र २०७९, बिहीबार
nayapage tvlogo

बझाङ । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका-८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्य समेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७