विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर


१६ भाद्र २०७९, बिहीबार
schol khoang 2

खोटाङ । खाेटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ ।

२०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएको तर पास गर्नेबेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो ।

जग्गा दाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएकोमा २०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो । तर कित्ता नम्बर १७ बाट कित्ता काट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।

schol khoang 1

दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतवश अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलवश अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् ।

जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिबद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्री परिषद्को निणर्य चाहिने भएकाले समस्या सिर्जना भएको प्रअ जर्ण चाम्लिङले बताए ।

हाल विद्यालयको चार वटा भवन छ । एक बाहेक सबै भवन जीणर् छ । यस शैक्षिक-सत्र ४५ विद्यार्थी भर्ना भएका छन् । पठन-पाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावक बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७