बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा


१७ भाद्र २०७९, शुक्रबार
bangala

दुबई । कुशल मेन्डिस र कप्तान डसुन सनकाको आक्रामक ब्याटिङको मद्दतले श्रीलंकाले बिहीबार बंगलादेशमाथि रोमाञ्चक दुई विकेटको जित निकाल्दै एसिया कपको सुपर-४ मा स्थान बनाएको छ ।

खेलमा श्रीलंकाले १ सय ८४ रनको लक्ष्य चार बलको खेल बाँकी छँदै हात पारेको हो । श्रीलंकाका मेन्डिसले ६० र सनकाले ४५ रन बनाए थिए । उनीहरूले ५४ रनको निर्णायक साझेदारी गर्दै श्रीलंकाले जितको आधार तय पारेको थियो । उनीहरू आउट भएपछि चमिका करुनारत्नेले १६ र असिथा फर्नान्डोले १० रन बनाउँदै श्रीलंकालाई जितसम्म पुर्‍याए । श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो ।

यसअघि आफिफ हुसेन र मोहमदुल्लाह रियादबीच पाँचौं विकेटका लागि ५७ रनको साझेदारीपछि बंगलादेशले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८३ रन बनाएको थियो । यो जितपछि समूह ‘बी’ मा अफगानिस्तानसँगै श्रीलंका सुपर-४ मा पुगेको छ भने बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७