पर्यटक लोभ्याउँदै बेतना सिमसार


१७ भाद्र २०७९, शुक्रबार
betana simsar

मोरङ । मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि हजारसम्म आगन्तुक आउँछन् । यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाट समेत पर्यटक घुम्न आउने गर्छन् ।

घुमफिर तथा सुन्दर प्राकृतिक दुश्यावलोकनलाई पूर्वमा पहिलो रोजाइ बन्ने गरेको छ यो क्षेत्र। यहाँ माछा, कछुवा, चराचुरुङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना छन् । बेतना सिमसारमा रहेको विशाल तथा सुन्दर पोखरीमा डुङ्गा सयरको आनन्दमा रमाउनेहरू पनि उत्तिकै भेटिने बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

यहाँ अध्ययन अवलोकनका लागि बिदाको दिन शिक्षक विद्यार्थीकोसमेत अहिले चहलपहल बढेको छ । बालबालिकालगायत बूढाबूढी सबैका लागि आनन्द साथ घुमफिरमा बेतना सिमसारले मन खिच्ने गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत राजमार्ग नजिकैको यो क्षेत्र बेलबारीबाट करिब एक किलोमिटरपूर्वमा अवस्थित भएकाले यहाँ आउनेजानेका लागि यातायातको सुविधा रहेको अध्यक्ष बस्नेतले बताए ।

यहाँको प्राकृतिक वातावरणमा रमाउन जाने तथा फोटो खिच्ने र टिकटक बनाउने अहिले निकै हुने गरेका छन् । यहाँ पुगेर जङ्गल, सिमसार र पोखरीको अवलोकन गर्न सकिन्छ । बेतना सिमसार आसपास ससाना होटल व्यवसायलगायत विभिन्न प्रकारका व्यापार व्यवसाय फस्टाउन थालेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७