एकीकृत समाजवादीसँग एकता हुँदैछ, घोषणापत्र एउटै हुन्छ : प्रचण्ड


१७ भाद्र २०७९, शुक्रबार
Prachanda 5
फाइल फोटो

सुर्खेत । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयास जारी रहेको बताएका छन् ।

कणर्ालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् । तर, आ-आफ्नो चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने पनि उनले बताए । ‘गठबन्धनभित्र आ-आफ्नो चुनाव चिन्हमा नै जाने तयारी भइरहेको छ’, प्रचण्डले भने ।

‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं । केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं,’ प्रचण्डले भने, ‘घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ । तर पनि चुनाव चिन्ह चाँही आ-आफ्नो हुन्छ ।’

कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए । ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो । संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं,’ प्रचण्डले भने, ‘अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं । अहिले तयो मिस नगर्नेगरी सोचेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७