मन्त्री यादवद्वारा भ्लादिभोस्तोक भ्रमण रद्द


१७ भाद्र २०७९, शुक्रबार
pradeep yadav

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् ।

मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै उनले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’ को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. पे्रमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो ।

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्लादिभोस्तकमा सक्रिय सहभागिता जनाउन वन तथा वातावरण मन्त्रालयलाई यसअघि नै निर्देशन दिएक थिए । बाघ सम्मेलनमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित बाघ संरक्षण तथा अनुसन्धानमा सहयोगी प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७