चितवन-३ मा बादलसँगको प्रतिस्पर्धाबारे प्रचण्डले भने, ‘तुलनै नहुने कुरा नसोधी दिनुस् न’


१७ भाद्र २०७९, शुक्रबार
prachanda

सुर्खेत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ ले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै नै चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् ।

आज (शुक्रबार) प्रशिक्षणका लागि सुर्खेत आएका उनले सञ्चारकदर्मीसँग कुरा गर्दै आफूले चितनवन-३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।

prachanda surkhet

उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या…! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’

प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारेका छन् । उनले भने, ‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७