एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य थापासहित ६ जना निष्काशित


१७ भाद्र २०७९, शुक्रबार
RatanThapa

कैलाली । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

उनीसँगै एमालेले उनकी पत्नी समेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टीका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूणर् साउदलाई पनि कारबाही गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७