जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


१७ भाद्र २०७९, शुक्रबार
juwa tas
सांकेतिक तस्वीर

डोटी । डोटीको ठजोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका-६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जना छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७