कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


१७ भाद्र २०७९, शुक्रबार
pakrau

झापा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले २०६३ असोज ३ गते उनलाई जन्म कैद ठहर गरेको थियो । पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए । १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा उनी फरार भएका थिए ।

city
ncll 2

फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७