विमलेन्द्र निधिले प्रत्यक्ष चुनाव नलड्ने, धनुषाबाट समानुपातिकमा सिफारिस


१७ भाद्र २०७९, शुक्रबार
bimalendra nidhi scaled

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका निर्वतमान उपसभापति विमलेन्द्र निधिले प्रत्यक्ष चुनाव नलड्ने भएका छन् । निधि धनुषा क्षेत्र नम्बर-३ बाट समानुपातिकमा बस्ने भएका छन् ।

निधिको निर्वाचन क्षेत्र धनुषा ३ मा पर्छ । उनी २०७४ सालको निर्वाचनमा त्यहाँ पराजित भएका थिए । उनी तत्कालीन राजपा र अहिलेका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

कांग्रेसका जिल्ला सभापति योगेन्द्र पंजियारले निधिले आफै समानुपातिकमा बस्ने इच्छा जाहेर गरेको बताए । ‘उहाँले म प्रत्यक्ष लड्दिनँ, समानुपातिकमा बस्छु भन्नु भयो’, जिल्ला सभापति पंजियारले भने, ‘आज ३ बजे क्षेत्रको चुनाव छ । उहाँलाई समानुपातिकबाट पहिलो नम्बरमा सिफारिस गर्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७