मेलम्ची -पाँचपोखरी सडक सञ्चालनमा


१७ भाद्र २०७९, शुक्रबार
badi melamchi1623805365

सिन्धुपाल्चोक । पहिरोका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची-९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो ।

जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने जनाउँदै मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको थियो । ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।

आज बिहानबाट सडक पूणर्रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए । सडक बन्द हुँदा चाडपर्व मनाउन आउजाउ गर्नेलगायतलाई समस्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७