शेयर बजार आज पनि ओरालो, ९ करोडको मात्र कारोबार


१७ भाद्र २०७९, शुक्रबार
share market %E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%9F

काठमाडौ । शेयर बजार आज (शुक्रबार) पनि ओरालो लागेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । २१९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर किनबेच भयो ।

city

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट माइक्रो फाइनान्स र रुरु जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७