चिनियाँ नेता र राष्ट्रियसभा अध्यक्षबीच आज ‘भर्चुअल’ कुराकानी हुँदै


१७ भाद्र २०७९, शुक्रबार
china

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङबीच आज भर्चुअल कुराकानी हुने भएको छ ।

आज (शुक्रबार) दिउँसो १ः४५ देखि तिमिल्सिना र वाङबीच कुराकानी शुरु हुने राष्ट्रिसभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिएका छन् । तिमल्सिना र वाङ्बीच पहिलो पटक कुराकानी हुन लागेको हो ।

पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्स चीनको महत्वपूर्ण निकाय हो । जसले सरकारलाई सल्लाह दिने गर्छ । वाङ विगतमा चिनियाँ उपप्रधानमन्त्री भइसकेका छन् । उनी सन् २०१७ अगस्टमा नेपाल भ्रमणमा आएका थिए । उता चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष चान्सु यही भदौ २७ गतेदेखि तीन दिने नेपाल भ्रमणमा आउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७