सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ छ जनाको आवेदन


१७ भाद्र २०७९, शुक्रबार
congress flag 3joqJPnluA

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि नेपाली कांग्रेसबाट ६ जनाको आवेदन परेको छ ।

क्षेत्र नं २ कार्यसमितिले आवेदन दिएका छ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति आइतमान तामाङले बताए । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ आवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री विष्णुविक्रम थापा, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि राजु गोर्खाली, इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ, पूर्व उपसभापति शिव सुनार, पूर्वजिल्ला सचिव बिलबहादुर तामाङ र अनुप न्यौपाने छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ पूर्वजिल्ला सभापति विकास लामा, सानुमाया हिमालय र जिमी लामाको नाम रहेको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ का लागि प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकामा टङ्क कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भूपेन्द्र थापा र उद्धव बानियाँ छन् ।

city
ncll 2

यसैगरी यो प्रदेशमा समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रीता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दङ्गाल र कमलरत्न दनुवार छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’का लागि प्रत्यक्षतर्फ छ जनाको नाम सिफारिस गरिएको छ । यस प्रदेशमा कृष्णकुमार तामाङ (समीर) को नाम पहिलो नम्बरमा रहेको छ । यसैगरी यसरी नाम सिफारिस हुनेमा पासाङ दोङ, विष्णु खड्का, मधुसुदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा छन् ।

jagdamba.cement
nepal liquors

यस प्रदेशबाट समानुपातिकतर्फबाट भने १६ जनाको नाम सिफारिस भएको छ । सिफारिस भएकामा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नाराणय गिरी छन् । पार्टीको नीतिअनुसार प्रदेश क्षेत्र र निर्वाचन क्षेत्रले सिफारिस गरेको नामावली आज हुने पार्टीको जिल्ला कार्यसमिति बैठकले छलफल गरी प्रदेश समितिमार्फत केन्द्रीय समितिमा पठाउनेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७