पार्टीभित्र गुटबन्दी नै गुटबन्दी छ, गुटकै कारण बोलचाल समेत बन्द छ : प्रचण्ड

‘जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनु पर्छ’


१७ भाद्र २०७९, शुक्रबार
prachanda 2 scaled

सुर्खेत । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् ।

शुक्रबार सुर्खेतमा कणर्ाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बोधन गर्दै उनले कणर्ालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए ।

prachanda 1

अन्य प्रदेशमा गुटका कारण बोलचाल समेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चीकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए । स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७