‘कार्टुन्ज क्रु’ले ल्याए नयाँ भिडियो बजारमा, कभर डान्स प्रतियोगिताको समेत गरे घोषणा

काठमाडौं, २२ चैत । चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ भिडियो सार्वजनिक भएको छ । बुधबार आफनै युटुयुब च्यानल मार्फत क्रृले ‘रेली मै’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोलाई कथामा ढाल्न माहिर क्रृ ग्रुपले यस गीतको भिडियोमा भने बालबालिकाहरुलाई केन्द्रीत गरे बनाइएको ग्रुपका सदस्य लाक्पा डि लामाले जानकारी दिए ।
‘रेली माइ’ गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।
भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् ।
गीत सार्वजनिक भएसँगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले गीतको कभर डान्स प्रतियोगिताको समेत घोषणा गरेका छन् ।
कभर डान्स प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने सदस्य लामाले बताए । गीतको कभर डान्स २०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ ।
भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केहि बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ ।
भिडियाे