श्रीमान-श्रीमती दुवैलाई टिकट दिने परिपाटी हटाउनु पर्छ : सांसद लामा


१७ भाद्र २०७९, शुक्रबार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदो चुनावमा श्रीमान-श्रीमती दुवैलाई टिकट दिने परिपाटी हटाउनु पर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे । उनले भने, ‘श्रीमानले प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनु पर्छ । श्रीमान्, श्रीमती दुवै सांसद हुँदा पार्टीका अरू कार्यकर्ताले टिकट नपाउने र त्याग, तपस्या गर्नेहरू सधैँ समस्या परिरहने अवस्था छ ।’

सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न पनि गरेका छन् । उनले भने, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहन्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७