शेखर कोइरालासँग राजनीतिक कुराकानी भएको हो, धेरै अड्कलबाजी नगरौं : ओली


१७ भाद्र २०७९, शुक्रबार
kp ol

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटघाटमा राजनीतिक कुराकानी भएको बताएका छन् ।

आज (शुक्रबार) पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगरमा आएका ओलीले राजनीतिक विषयमै कुराकानी भएको बताउँदै भने, ‘अहिलेकै राजनीतिक परिदृष्य र समसामयिक विषयमा कुराकानी भएको हो । चुनावलगायत विषयमा पनि छलफल भयो ।’

ओलीले कोइरालासँग कुराकानी भएको विषयमा धेरै अनुमान र अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । दुई दलका नेताबीच भेटघाट हुनु राजनीतिक विषय भएको ओलीको भनाइ थियो । अध्यक्ष ओली शुक्रबार विराटनगरमा आयोजना भएका तीन वटा कार्यक्रममा सहभागी भएर अपरान्ह झापातर्फ प्रस्थान गरेका छन् । उनले स्थानीय अतिथि सदनमा अनेरास्ववियूको कार्यक्रममा बोल्दै एमाले सरकारमा नभए पनि देशभर राम्रो जनाधार भएको बताए ।

‘हामी पार्टी निर्माणको अभियानमा लागेका छौँ, यो सबैको अभिभारा पनि हो’, ओलीले भने, ‘देशको भौगोलिकता र विकासको लागि पनि एमालेले नै जिम्मा लिने हो ।’ ओलीले देश बनाउने कुरामा एमालेले कसैसँग सम्झौता नगर्ने बताए । उनले विकास असम्भव नभएको सुनाए । संघर्षको बलमा नै नेपालमा लोकतन्त्र स्थापना भएको बताउँदै उनले सामाजिक क्षेत्रको विकास नयाँ पिँढीबाट गरिनुपर्ने पक्षमा आफू पनि रहेको प्रष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७