कारागारमा रहेका आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन थापा


१७ भाद्र २०७९, शुक्रबार
Gagan thapa

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।

आज (शुक्रबार) मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बा-आमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ भनेर साहित्यकार नयनराज पाण्डेले बोलेपछि जवाफमा गगनले आलमलाई उम्मेदवार नबनाउने दावी गरेका हुन् ।

‘नयनराज दाइले गगनको पार्टी भन्नु भयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो’, उनले भने, ‘संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाती ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७