उदयपुरको बेलकामा एकै घरका तीन जनाको दिउँसै विभत्स हत्या


१७ भाद्र २०७९, शुक्रबार
latest News nayapage1 scaled

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोधाटारमा आज (शुक्रबार) दिउँसो एकै घरका तीन जनाको विभत्स हत्या भएको छ ।

बेलका नगरपालिका-८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षीय नरबहादुर बस्नेतले ३० बर्षीय भाइ राजकुमार बस्नेत, ३० बर्षीया बुहारी सरिता बस्नेत र १२ बर्षीय सुजन बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
उनका अनुसार घटना शुक्रबार दिउँसो साढे १२ बजे भएको हो ।

खेतबारीमा काम गर्न जाँदै गर्दा बाटोमा झगडा भएपछि नरबहादुरले उनीहरुमाथि खुकुरी प्रहार गरेका हुन् । उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालले घटनाको पुष्टि गरेका छन् । तर उनले घटनाको विस्तृत विवरण आइनसकेको र सुरक्षाकर्मीको टोली घटनास्थल पठाइसकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७