कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस्


१७ भाद्र २०७९, शुक्रबार
student

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका प्रमुख शर्माले जानकारी दिए ।

यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।

परीक्षा बोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार नौ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेको संख्या एक लाख ८८ हजार चार सय १० रहेको छ । यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

यसरी हेर्न सकिन्छ नतिजा-

वेबसाइटः

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np

एसएमएस सेवाः

नेपाल टेलिकमको १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No टाइप गरी १६०० मा एसएमएस गर्ने ।

आईभीआर सेवाः

नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७