भाउजुसँग मिलेर श्रीमतीको हत्या


१७ भाद्र २०७९, शुक्रबार
sahanaj hatya YrlgshHQ3B

बारा । बारामा एक महिलाको हत्या भएको छ । महागढीमाई नगरपालिका ३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो ।

प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी भाउजु २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको छ । हत्यामा उनीहरुको संलग्नता रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । बिहीबार बिहान सहनाज खातुनको मृत्यु भएको प्रहरीले सूचना पाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घटना शंकास्पद देखिएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि सहनाजका श्रीमान सैमोदिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

city
ncll 2

अनुसन्धानको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेको एसपी बोगटीले बताएका छन् । हत्यामा उनकी भाउजु अप्सनाको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालतबाट ७ दिन म्याद लिएर उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७