यती एअरलाइन्सको क्यासब्याक अफर : टिकट खरिदमा ३ सय देखि १ हजार रुपैयाँसम्म सस्ताे


१७ भाद्र २०७९, शुक्रबार
yati

काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा रु. ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ ।

यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सले दाबी गरेको छ । भाद्र १८ देखि ३० गते भित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुहरुलाई अब टिकट सस्तो पर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा बिमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केहि मात्रामा भए पनि राहत दिनेछ ।’ यो अफरको प्रभावकारिताका आधारमा भाद्र ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ ।

city

यस अफरअन्तर्गत, फ्लाइट बुकिङ्गमा रु. १००० सम्मको रकम डिस्काउन्ट र क्यासब्याक गरी तत्कालै तर अलग-अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङ्गकर्ताको वालेट (Wallet) मा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७