पुस्तकमा वास्तविकता भन्दा व्यक्त भावनालाई बुझ्नु पर्छ : राजेश हमाल


१७ भाद्र २०७९, शुक्रबार
Pro ktm Book lunch scaled

काठमाडाैं । अभिनेता राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान ‘बाआमा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए। उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पुर्याउने बताए ।

उनले भने, ‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ । कतिपय ठाउँमा पुस्तकमा तपाईको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ । सोचाई फरक हुनसक्छ । तर कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ ।’

हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताए । हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्ने कुरामा जोड दिने गरेको बताए ।

उनले भने, ‘पुस्तकमा हामीले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न पनि बेकार छ । तर पुस्तकमा दर्शाइएको सोच र परिवेशले आफ्नै सोच र परिवेशलाई बुझ्ने मद्दत दिलायो वा दिलाएन त्यसमा भर पर्छ । आफ्नै अनुभवलाई बढाएर हेर्नेकुरा दिलायो कि दिलाएन ? भन्ने ठूलो कुरा हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७