दोस्रो एक दिवसीयमा आज नेपाल र केन्या भिड्दै


१८ भाद्र २०७९, शनिबार
nepali cricket team fPD6lSYBUp
फाइल फोटो

काठमाडौं । नेपालले आज (शनिबार) घरेलु टोलीविरुद्ध दोस्रो एक दिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे शुरु हुनेछ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एक दिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एक दिवसीय खेल भने सोमबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७