गोर्बाचोभको अन्तेष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने


१८ भाद्र २०७९, शनिबार
mikhail gorbachev

किभ । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । शनिबार मस्कोमा हुने अन्तेष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

रक्तपात बिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।

सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७