यी हुन फेसन प्रेमी बलिउड अभिनेता


१८ भाद्र २०७९, शनिबार
ranbir akshtya1662171653

मुम्बई । जब हामी फेसनको कुरा गर्छौ, बलिउडका केही अभिनेताहरुको फेसनलाई सम्झन्छौं । उनीहरु अभिनयसँगै फेसनमा पनि उत्तिकै लोकप्रिय छन् । यहाँ ती अभिनेताहरुको फेसनबारे चर्चा गरिएको छ ।

रणवीर सिंह

अभिनेता रणवीरको साटरेरियल फेसन अर्थात कपडा पहिरिने तरिकाको विकल्पलाई नजरअन्दाज गर्न सक्नु हुन्न । डिस्कोदेखि लिएर रेट्रोसम्म, सितारादेखि लिएर पप, सीन्स र छालाका पहिरनसम्म रणवीर सबै किसिमका फेसनेबल कपडा लगाउँछन् । भलै उनको पहिरन कतिपयलाई मन परोस् या नपरोस् उनी पहिरनमा जोखिम लिन डराउँदैनन् ।

करण जोहार

निर्माता निर्देशक करण जोहार पनि फेसनका मामिलामा पछाडि छैनन् । उनको एक अलग शैली छ, जुन चर्चामा आइरहन्छ । धर्मा निर्मातालाई मानिसहरु उनको पहिरनका कारण चिन्दछन् । किनकी उनी ब्राण्डेड र बिलासी पहिरन रुचाउँछन् ।

अक्षय कुमार

अक्षय कुमार अहिले पनि फेसनका मास्टर हुन् । सार्प सुटदेखि लिएर फाटेका डेनिम्स र ट्रयाक सुटसम्म । उनको सुन्दरता अर्को व्यक्तिका लागि जल बन्दछ ।

सैफ अली खान

फेसनको मामलामा पटौदी खानका उज्यालो र बलिउड अभिनो सैफ अली खान कसरी पछाडि पर्न सक्छन् । पारम्परिक पोसाक होस् या कुनै स्टाइल पहिरन होस् या उनलाई मनपर्ने कुर्ता शेरवानी नै किन नहोस् । उनी आफ्नो लुक्सले सबैलाई मोहित बनाउँछन् ।

अर्जुन कपुर

अर्जुन कपुर केही फ्युचरिस्टिक फेसन शैलीका लागि चर्चित छन् । उनी यो फेसनका लागि बाई नेक्स्ट डोर लुक्सलाई छोडिरहेका छन् ।

सिद्धान्त चतुवेर्दी

बलिउडको नयाँ ‘ब्याड ब्वाई’ सिद्धान्त चतुवेर्दी एथलेटिक्स पहिरनका लागि चर्चित छन् । जगर्स, क्याजुअल डेनिम र लेदर ज्याकटका पहिरनलाई उनले पुनर्जीवन दिइरहेका छन् ।

विक्की कौशल

विक्की कौशल विस्तारै फेसनको सिढीमा चढ्न आफूलाई तयारीमा अवस्थामा राखेका छन् । उनको अफ स्क्रिन क्याजुअल शैली र अन स्क्रिन औपचारिक विल्प सही चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७