अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा छन्, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा


१८ भाद्र २०७९, शनिबार
Janardan scaled
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । काठमाडौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताएका हुन् ।

उनले तरलतामा देखिएको सुधारोन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताए । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उनको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पाठ सिकेर अहिले अर्थमन्त्रालय र मातहतका निकायले बेलैमा पहल थालेको पनि उनको दाबी छ ।

अर्थमन्त्री शर्माले नेपाल श्रीलंका हुन्छ भन्ने नकारात्मक हल्लाकाबीच बेलैमा होसियारी अपनाउँदा अवस्था त्यस्तो हुन नगएको र अर्थतन्त्र थप बिग्रन नदिएको समेत बताए । अब अर्थतन्त्र लयमा आउने आफूले विश्वास गरेको र देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको उनको दाबी छ । साथै अर्थमन्त्री शर्माले उद्योगीलाई लगानी गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७