भारतमा बस दुर्घटना : चार नेपालीको मृत्यु, २४ जना घाइते


१८ भाद्र २०७९, शनिबार
bus accident india

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा चार नेपालीको ज्यान गएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्ता चिन्ताजनक रहेको छ ।

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोवा जाँदै गर्दा युपी ९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो । बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७