देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न चाहेको छ : पौडेल


१८ भाद्र २०७९, शनिबार
Ramchandara poudel scaled

तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा देख्न चाहेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिवार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए ।

उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पुरा गर्न कार्यकारी बन्न बाँकी छ ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसके पनि सुशासनको जग बसाल्ने बताए ।

उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दुरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ेड।’

पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्बर्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए । उनले भने, ‘सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७