सुनसरीमा पिकअपले ठक्कर दिंदा मन्त्रीका ‘पीएसओ’ सहित दुई प्रहरीको मृत्यु


१८ भाद्र २०७९, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं । सुनसरीमा सवारी दुर्घटनामा परी दुई प्रहरीको ज्यान गएको छ । आज (शनिबार) भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको ज्यान गएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिएका छन् ।

चौधरी श्रम मन्त्रालयमा पीएसओको थिए भने गोजवार बीओपीमा कार्यरत थिए । उनीहरु के कामका लागि गएका थिए भन्ने खोजिभरहेको एसपी ढकालले बताएका छन् ।

पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोशी गाउँपालिका-१ स्थित सडक खण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए । उनीहरुलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीका चालक कोशी गाउँपालिका-३ का दीपक गोसाईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७