मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित १८ मारिए


१८ भाद्र २०७९, शनिबार
Afganistan sucidal blast BwVNEyDBJe 1

काठमाडौं । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् ।

हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ’भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् । अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो ।

विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए । उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो । धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७