कुलमान चुनाव उठ्ने चर्चाबीच हरिवंशले भने, ‘राम्रो मान्छे लैजाँदै छन् भन्ने सुनेको छु, शुभकामना’


१८ भाद्र २०७९, शनिबार
Haribansha and kulman YOg8KRSDhm

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले बिजुली व्यापार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताएका छन् ।
शुक्रवार विद्युत् प्राधिकरणले काठमाडौमा गरेको कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आउँदो मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इशारा गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले भने, ‘कुलमान जस्तो मानिस चाहिन्छ । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यक्रममा बोल्दै आचार्यले अब बिजुली गाडीबाहेकका गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताए । उनले बिजुली गाडीको भन्सार घट्यो भने कर्मचारीलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले बिजुली गाडीको कर बढाइरहेको दाबी गरे । उनले सरकारले बिजुली गाडीको कर बढाउँदा आफूले बिजुली गाडी चढ्न नपाएको गुनासो गरे ।

city
ncll 2

उनले भने, ‘मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाका लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन बिजुलीको गाडी चढ्न पाउने सपना थियो त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुरको गाडी के भयो, नआउने भयो ? भन्छिन् । अब बिजुलीका गाडीबाहेक अरू गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्दछ । सार्वजनिक गाडीहरू पूणर् विद्युतीयकरण हुनु पर्दछ ।’

jagdamba.cement
nepal liquors

वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको ऊर्जा बेचेर नभइ विद्युतीय ऊर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यङ्ग्य गर्दै देब्रेतिरको बाटो भन्दा दायाँतिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । पछिल्लो समय बिजुलीको माध्यमबाट नेपालमा शुभ सङ्केत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि सुरु हुने विश्वास पलाएको उनको भनाइ थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७