विप्लव नेकपाका एक दर्जन नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश


१८ भाद्र २०७९, शनिबार
kdfsmg1662200847

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिब एक दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी, मञ्चका सचिव राधव परियारलगायत नेता-कार्यकर्ता कांग्रेस प्रवेश गरेका जनाइएको छ ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७