सरकारले गाडीको भन्सार लिनुलाई मात्र आम्दानी ठानेकाे छ : मदनकृष्ण श्रेष्ठ


१८ भाद्र २०७९, शनिबार
madan krishna shrestha

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताएका हुन् । उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए ।

सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशीएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गरे ।

उनले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताए । उनले देशले निर्यात गरेर कमाउने कुनै पनि श्रोतहरु नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको बताए । देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने उनको चाहना छ ।

वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भए पनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूणर् विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७