चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित


१९ भाद्र २०७९, आईतवार
cri

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई पराजित गरेको छ । घरेलु मैदानमा १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २-१ गोलले हराएको हो ।

वेस्ट ह्यामले खेलको ६२औं मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औं मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए ।

जितसँगै चेल्सी अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा १० अङ्क छ । अर्को खेलमा टोटनह्यामले फुलह्यामलाई २-१ गोलले, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ३-२ गोलले, ब्रेनफोर्डले लिड्स युनाइटेडलाई ५-२ गोलले र उल्भ्सले साउथह्याम्पटनलाई १-० गोलले हरायो । त्यस्तै न्युकासल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

एस्टनभिल्ला र म्यानचेस्टर सिटीले १-१ गोलको बराबरी खेलेका छन् । त्यसअघि हिजो भएको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७