एसिया कप क्रिकेट सुपर ४ : अफगानिस्तानलाई हराउँदै श्रीलंकाको पहिलो जित


१९ भाद्र २०७९, आईतवार
sree

काठमाडौं । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान, नविन उल हकले समान २/२ विकेट तथा राशिद खानले १ विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ८४ रन बनाए । श्रीलङ्काका दिलशान मदुशनकाले २ तथा असिथा फ्रेनान्डोले एक विकेट लिए । श्रीलङ्काले अब मङ्गलवार भारतसँग खेल्नेछ । आज भारत र पाकिस्तानबीच खेल हुनेछ । सुपर चारका खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७