‘हामी सय दिनको दौडमा छैनौं, पाँच बर्षका योजना छन् : बालेन


१९ भाद्र २०७९, आईतवार
Balen sha 1

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु एक सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।

’हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचना मात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ’, उनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७