बारामा डाँकासँगकाे झडपमा प्रहरीसहित दुई जना घाइते


१९ भाद्र २०७९, आईतवार
police bara2022 09 04 08 44 00

बारा । गए राति डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
गए राति करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको वीरगञ्ज स्थित नेशनल हेल्थ केयरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७