काठमाडौं उपत्यकामा एकै दिन २७ सय बढी सवारी चालकमाथि कारवाही


१९ भाद्र २०७९, आईतवार
traffic

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७