सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै


१९ भाद्र २०७९, आईतवार
Gathbandhan Top five leader of nepal

काठमाडौं । आउँदो मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

सिट बाँडफाँटको टुंगो लगाउन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । यसअघि बिहीबार बसेको गठबन्धन बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन सकेको थिए ।

बैठक निष्कर्षविहीन भएपछि आजका लागि पुनः बैठक बोलाइको हो । गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०,जनता समाजवादीले ३२ र जनमोर्चाले २ सिट दावी गरेका छन् । तर, सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा अन्योलता बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७