विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु


१९ भाद्र २०७९, आईतवार
dubera

काठमाडौं । कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम)मा डुबेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ ।

उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । कैलालीको टिकापुर नगरपालिका-२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका-८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको शनिबार मृत्यु भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका-४ रजखोर बस्ने संजित आलेको ७ वर्षीय छोरा अमर आलेको सोही ठाउँस्थित ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ ।

city

खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।

jagdamba.cement

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका-७ जिमिरेभार बस्ने सिताराम चौधरीको ७ वर्षीय छोरा निखिल चौधरीको सोही नगरपालिका-१४ खजुरे खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७